What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

१० करोड कारोबार गर्दे सकियो दोस्रो रामपुर महोत्सब
What To Know
- पाल्पा ।.
पाल्पा ।
गत पुस २७ गतेदेखि पाल्पाको रामपुरमा सञ्चालन भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला १० करोडको कारोवार गर्दै सकिएको छ ।
‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार’ भन्ने नाराका साथ रामपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको मेलामा १० करोड बढीको कारोबार भएको र १ लाख ५० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन । कृषि र पर्यटन प्रर्वद्धनसंगै रामपुर क्षेत्रको कला संस्कृति, ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको पहिचान कायम गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेला तोकिएको लक्ष्य प्राप्ति गर्न सफल भएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिनुभयो ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन र नयाँ पर्यटकीय गन्तव्यका रुपमा रहेको रामपुरमा पर्यटन प्रवद्र्धनका लागि मेलाले थप टेवा पु¥याउने अपेक्षा सरोकारवालले लिएका छन ।