नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

रेखा थापाको ‘हल्का माया के माया’ गीत रिलिज (भिडियो)
नायिका रेखा थापाद्वारा अभिनीत, निर्मित तथा निर्देशित फिल्म ‘मालिका’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच लोकलयको ‘हल्का माया के माया’ बोलको गीत रिलिज गरिएको हो ।
गीतको छायांकन कर्णालीको जाजरकोट दरबार परिसरमा गरिएको छ । गीतमा देश जोड्ने कुरा गरिएको निर्माण पक्षले बताएको छ । नर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् भने स्वर अन्जु पन्तको रहेको छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री रेखा थापालाई फिचर्ड गरिएको छ । ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी १४ वर्षीया कमला वलीको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म लक्ष्मीपूजाका दिन रिलिज हुँदैछ ।