धेरै नुन खानु स्वास्थ्यका लागि हानिकारक, हुनसक्छ यस्ताे खतरा

काठमाडाैँ । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

खानामा सोडियमको अधिक मात्रामा सेवन गर्नाले मुटु सम्बन्धि रोग लाग्नसक्छ । यसका साथै असामयिक निधनको खतरा पनि उत्तिकै हुने गर्दछ ।

इन्टरनेशनल जर्नल अफ एपिडेमायोलोजीमा प्रकाशित उक्त अध्ययन करिब ३ हजार मानिसहरुमा गरिएको थियो । जसलाई उच्च रक्तचापको समस्या रहेको थियो । यस अध्ययनमा खानामा अधिक मात्रा र मृत्युको खतराका बीच सिधा सम्बन्ध हुने पुष्टि भएको छ ।

अमेरिकामा बर्मिन्घम र वुमेन्स अस्पतालकी एक महिला कुकका अनुसार भोजनमा सोडियमको मात्रालाई मापन गर्न मुस्किल रहेको छ । तपाईहरुलाई आफूले कति मात्रामा सोडियमको सेवन गरिरहेको छुँ भन्ने कुराको जानकारी पनि हुदैन ।

अन्जानमा नै हामी निर्धारित मात्राभन्दा अधिक सोडियम अर्थात् नुनको सेवन गरिरहेका हुन्छौँ, जुन भविष्यमा हाम्रो स्वास्थ्यका लागि एकदमै हानिकारक हुने गर्दछ ।

शोधकर्ताहरुका अनुसार सोडियमको मात्रा हरेक दिन बदलिइरहने भएकाले कति मात्रामा सोडियमको सेवन गरियो भन्ने कुरा थाहा पाउनका लागि कयौँ दिनसम्म यूरीनको नमुना लिनुपर्ने हुन्छ ।

अनुसन्धानकर्ताहरुले अधिक मात्रामा सोडियमको सेवन गर्नु र मृत्युको खतरा बढ्नुका बीच प्रत्यक्ष सम्बन्ध भएको निष्कर्ष निकालेका छन् । त्यसैले पनि हामीले दैनिक प्रयोगमा मात्रा मिलाएर नुनको सेवन गर्नु अत्यावश्यक रहेको बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *