नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

संबैधानिक आयोग कम्यूनिष्ट भर्ति केन्द्र बन्नु गलत : पौडेल
पाल्पा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संबैधानिक आयोगलाई कम्यूनिष्टको भर्ति केन्द्र बनाउन तल्लीन रहेको आरोप लगाउनुभएको छ ।
सोमबार नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संबोधन गर्दै नेता पौडेलले जात धर्म र क्षेत्रको आधारले राजनिती गर्न नहुने र राज्यको नामाकरण गर्न नहुने स्पष्ट पार्नुभयो । आयोगमा व्यक्तिको नियुक्ति गलत भएको बताउदै नेता पौडेलले गत माहासमितीको बैठकले पार्टीलाई लोकतान्त्रिक बनाउने कार्य गरेको बताउनुभयो ।
फरक प्रसंगमा नेता पौडेलले कार्यकर्ताले नेतालाई दोष लगाउनु भन्दा कार्यकर्ताले नेतालाई खबरदारी गर्नुपर्ने बताउनु भयो ।