नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

तेइस स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण
रसुवा । जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई आज एक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १८ सरकारी र पाँच सामुदायिक गरी कुल २३ वटा स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो ।
हस्तान्तरण गरिएका सबै स्वास्थ्य संस्था साउन १ गतेबाट स्थानीय तहको रेखदेख र अनुगमनमा रहने बताइएको छ ।
हस्तान्तरण गरिएका स्वास्थ्य संस्थामध्ये नौकुण्ड गाउँपालिकामा चार, आमाछोदिङमोमा पाँच, गोसाइँकुण्डमा छ, उत्तरगयामा चार र कालिका गाउँपालिकामा चार वटा रहेका छन् ।