रोटी डढेको निहुँमा पत्नीलाई डिभोर्स

काठमाडाैँ । भारतको उत्तर प्रदेशमा रोटी डढाएको निहुँमा नै एकजना व्यक्तिले आफ्नी पत्नलिाई डिभोर्स दिएका छन् । उत्तर प्रदेशको महोबा जिल्लास्थित पहरेथा गाउँमा एकजना मुस्लिम युवकले आफ्नी पत्नीलाई तीन तलाक भन्दै घरबाट निकालिदिएका छन् ।

पहरेथा गाउँकी २४ वर्षीया एक युवतीले आफुलाई रोटी डढेको निहुँमा पतिले तलाक दिएर घरबाट निकालेको उजुरी स्थानीय प्रहरी चौकीमा गरेपछि घटनाको खुलासा भएको हो ।

उजुरीकर्ता करहरा गाउँकी रजियाको विवाह पहरेथा गाउँका निहाल खां का साथ ४ जुलाई २०१७ मा भएको थियो ।

रजिया आफूलाई पतिले तलाक दिएको र घरबाट निकालेको भन्दै स्थानीय प्रहरी चौकीमा उजुरी गर्न ग्एकी थिईन् तर प्रहरीले गाली गरेर उनलाई त्यहाँबाट पठाइको थियो । त्यसपछि उनी माथिल्लो तहको पुलिस चौकीमा उजुरी गर्न पुगिन् । जहाँ उनको कुरा सुनुवाइ भयो ।

रजियाका अनुसार तलाक भनेर घरबाट बाहिर निकाल्नु भन्दा ३ दिनअघि उनलाई पतिले जलिरहेको चुरोटले शरिरका विभिन्न भागमा पोलिदिएका थिए ।

प्रहरी अधिक्षक कार्यालयले मातहतको स्थानीय पुलिस चौकीलाई उक्त घटनाको छानविन गर्न र श्रीमतीमाथि अत्याचार गर्ने युवक निहाल खाँ माथि घरेलु हिंसाको मुद्दा चलाउन आदेश दिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *