गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

महिला टी – ट्वान्टी क्रिकेटमा नेपाल सेमिफाइनल प्रवेश
काठमाडाैँ । थाइल्याण्डमा जारी महिला टी – ट्वान्टी क्रिकेटको तेस्रो खेलमा पनि नेपाल विजयी भएको छ । तेस्रो जीत निकाल्ने क्रममा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।
बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले दिएको १ सय ६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा सीता राना मगर ३७ र काजल श्रेष्ठ २५ रनको योगदान दिए । यूएईका लागि ईशा ओजाले २८, छाया मुगहालले ३१ चमानी सेनेभिराथानेले २३ रन बनाए । नेपालका सिता राना मगर, सोनु खड्का र करूणा भण्डारीले १–१ विकेट लिए । आजको जीतसँगै नेपाल जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।