What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन : देउवा
What To Know
- आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गर्नुभयो ।.
- “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उहाँले भन्नुभयो । सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गर्नुभयो । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिने बताउनुभयो ।.
धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गर्नुभयो ।
“मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उहाँले भन्नुभयो । सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गर्नुभयो । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिने बताउनुभयो ।






