अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिनुभएकाे छ । स्राेतका अनुसार उहाँले परराष्ट्र मन्त्रालयमै पुगेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राजीनामा दिनुभएकाे हाे । सेर्पा मानव बेचविखनमा संलग्न रहेको विवादमा मुछिनुभएकाे थियाे ।

राजदूत शेर्पामाथि छानबिन चलिरहेको थियो । शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उहाँमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए । शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए ।

सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उहाँमाथि स्पष्टीकरण सोधेको थियो । शेर्पाले लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उहाँलाई काठमाडौं बोलाएको थियो ।

शेर्पाले भने आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको बताउँदै आउनुभएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *