काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
अवसर सदुपयोग गरे स्वदेशमै रोजगार :गभर्नर नेपाल
पाल्पा। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले अवसर सदुपयोग गरे स्वदेशमै रोजगार सिर्जना हुने बताउनु भएको छ ।
पाल्पाको तानसेनमा ग्लोवल आइएमई बैंकको तानसेन र पुर्वखोला शाखाको एकै साथ उद्घाटन गर्दै गभर्नर नेपालले मुलुकमा थुप्रै संभावनाहरु रहेकाले ती संभावनाहरुको पहिचना गर्न सके स्वदेशमै रोजगार सिर्जना हुने बताउनु भएको हो । गभर्नर नेपालले अधिकांस युवाहरु देशमा अवसर र संभावना छैन भन्दै विदेश पलायन भइरेहको प्रति चिन्त व्यक्त गर्दै स्वदेशमै लगानी गरी आयआर्जन गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सको मात्र भर पर्दा विभिन्न समस्या आउन सक्ने उल्लेख गर्दै पाल्पाको समृद्धि र विकासको लािग सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रम तानसेन शाखाका शाखा प्रवन्धक मनोज शर्माको स्वागत, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता र पत्रकार सुनिल कार्कीको सञ्चालनमा भएको थियो ।