बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाल राष्ट्रिय त्रिभुवन माविको हिरक महोत्सवको तयारी तीब्र
कौरव खत्री
गुल्मी । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसार लाई तिव्रता दिएको छ । मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले गर्न लागेको शैक्षिक तथा धार्मिक हिरक महोत्सवको तयारीका लागि यति बेला प्रचारका सामग्रीहरु छपाई कार्य भइरहेको र सामाजिक सञ्जाल र मिडिया मार्फत प्रचार प्रसार अभियान अगाडी बढाईएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।
प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि विद्यालयले आँउदो माघ २१ देखि २९ गतेसम्म विद्यालयले शैक्षिक तथा धार्मिक हिरक महोत्सव सञ्चालन गर्न गइरहेको छ ।
हालसम्म भने विद्यालयले १० लाख बोल आर्थिक सहयोग संकलन गरेको विद्यालय श्रोतले जनाएको छ । २०ंं१४सालमा स्थापना भएको विद्यालयमा हाल भने कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।