यी हुन् सन् २०१८ मा सर्वाधिक कमाउने ‘टप फाइभ’ खेलाडीहरू

काठमाडौं । सन् २०१८ को आज अन्तिम दिन । यो वर्ष समग्रमा ठिकै रह्यो । २०१८ मा थुप्रै एतिहासिक घटना भए । खेलकुदमा पनि धेरै स्मरणयोग्य घटना भए । यसैबीच, आज सन् २०१८ मा सर्वाधिक कमाई गर्ने खेलाडीको बारेमा जानकारी दिदैंछौ ।

फ्लोयड मेवेडर

विश्व खेलकुदमा सबैभन्दा बढी धन आर्जन हुने खेलमा पर्छ— बक्सिङ । यसकै उदाहरण हुन्, अमेरिकी बक्सर प्mलोयड मेवेडर । हेभिवेट बक्सर नभए पनि उनी उत्तिकै नाम र दाम कमाउने खेलाडी हुन् । फोब्र्सका अनुसार उनले सन् २०१८ मा २७ करोड ५० लाख डलर भन्दा बढी कमाए । त्यसमा व्यापारिक प्रायोजनबाट प्राप्त १० करोड डलर जोडिएको छैन । मेवेडर लगातार सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् ।

लियोनल मेसी

विश्व फुटबलले हेर्न पाएका सबैभन्दा राम्रो खेलाडीमा पर्छन्, अर्जेन्टिनाका लियोनल मेसीले । उनले यो वर्ष पारिश्रमिकका रूपमा ८ करोड ४० लाख डलर बुझे । त्यस्तै उनले २ करोड ७० लाख डलर अनुबन्धबाट प्राप्त गरे । बार्सिलोनाका खेलाडीको रूपमा उनका लोकप्रियता बढी छ र उनी सर्वाधिक कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् ।

क्रिस्टियानो रोनाल्डो

आधुनिक फुटबलमा लियोनल मेसीसँगै जोडिएर आउने नाम हो, क्रिस्टियानो रोनाल्डो । सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा छन्, यी पोर्चुगाली खेलाडी । वर्षको आधा समय रियल म्याड्रिडका लागि खेलेका रोनाल्डो अहिले इटालीको युभेन्ट्ससँग आबद्ध छन् । उनले यो वर्ष ६ करोड १० लाख डलर पारिश्रमिक प्राप्त गरे भने अनुबन्धबाट ४ करोड ७० लाख डलर ।

कोनर म्याकग्रेगर

हाम्रा लागि कोनर म्याकग्रेगर धेरै सुनिने नाम होइन, तर उनी सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको सूचीको चौथो स्थानमा छन् । आयरल्यान्डका म्याकग्रेगर खासमा मिक्ड मार्सल आर्टसका खेलाडी हुन् । उनी सहभागी हुने भिडन्त निकै वीभत्स हुन्छन् । उनका यस्तै खेलका प्रशंसक पनि उत्तिकै छन् । कोनरले यो वर्ष खेलेरै ८ करोड ५० लाख डलर कमाए । उनले व्यापारिक प्रायोजनबाट थप १ करोड ४० लाख डलर प्राप्त गरे ।

नेयमार

सर्वाधिक कमाउने खेलाडीको सूचीको पाँचौं स्थानमा छन्— नेयमार । ब्राजिलीयन फुटबल खेलाडी नेयमार आजभोलि फ्रान्सेली लिग वान टिम पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्छन् । उनले सन् २०१८ मा पारिश्रमिकबाट ७ करोड ३० लाख डलर प्राप्त गरे भने व्यापारिक अनुबन्धबाट १ करोड ७० लाख डलर । साप्ताहिकबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *