अवको विकासलाई उत्पादनसँग जोडेर अगाडी बढाउनुपर्छ : प्रदेश सांसद बुढा

कौरव खत्री
बाग्लुङ्ग । बाग्लुङ्गको मल्मको राम्चेढुङ्गामा प्रथम पर्यटन मेलाको सम्पन्न भएको छ । बाग्लुङ्गको गलकोट नगरपालिका ७ मल्मको राम्चेढुङ्गामा प्रथम मेलाको समापन समारोहमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागरले सबै विकासहरुलाई उत्पादनसँग जोड्दै अगाडी बढाउनु आवश्यक रहेको बताए ।

साथै सांसद बुढाले विकासको पहिलो प्राथमिकता भनेको पूर्वाधार भएकोले यसमा आफ्नो जोड रहेको बताउदै यस क्षेत्रको समग्र कला सँस्कृति खेलकुद पर्यटन र पञ्चेबाजा लगायतको विकास गर्नका लागि गुरुयोजना आवश्यक रहेको बताए ।
साथै उनले यस क्षेत्रमा रहेका राम्चेढुङ्गा,घुम्टे लगायतका क्षेत्रको विकास गर्न सम्भाव्यताहरुको खोजी गरिनु पर्ने भन्दै स्थानीय र केन्द्र सरकारलाई जोड्ने र काम गर्नमा प्रदेश सरकारले समन्वयको कार्य गरेको बताए ।

सोही अवसरमा सामुदायिक बन महासंघ बाग्लुङ्गका अध्यक्ष राज थापा,पाण्डवखानी माध्यमिक विद्यालयका विव्यस अध्यक्ष मानसिंह छन्त्याल,गनपा ७ की वडासदस्य मिना दर्जी, जिल्ला समन्वय समितिका सदस्य दल बहादुर थापा.लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

“पर्यटन प्रर्वद्धनको लागि मन बचन र कर्मले पर्यटन मैत्री बनौ” भन्ने मुल नारा सहित गत पौष १३ गतेदेखि शुरु भएको प्रथम पर्यटन मेलामा खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन भएका थिए । कार्यक्रमका विभिन्न विधाबाट सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

मेलामा आर्गनिक रुपमा उत्पादन भएका खानाका प्रकारहरुमध्ये लोकल कुखुरा र खसीको मासु सिस्नो, सिलाम,कालो काफल,पखनबेत,टिमुर,सिलटिमुर,सिरम्ला मकै लगायत पनि मूख्य आर्कषकको रुपमा रहेका थिए ।

२०५३ सालमा स्थापना गरिएको संस्थाले ओझेलमा परेको राम्चेढुङ्गालाई उचित प्रचार प्रसार गराउदै भिमसेन ढुङ्गादेखि राम्चेढुङ्गा हुदै घुम्टेसम्म पदमार्ग पु¥याउने कला संस्कृति अन्तर्गत नौमति बाजा र सोरठीका विकास गर्ने र आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउदै पर्यटकीय क्षेत्रको विकास गराउदै यसको उद्देश्य अनुरुप मेला आयोजना गरिएको राम्चेढुङ्गा पर्यटन विकास केन्द्र गलकोट नगरपालिका ७ मल्मका पूर्व अध्यक्ष तुल बहादुर थापाले जानकारी दिए ।

संस्थाले भावी दिनमा यस क्षेत्रको वृहत पर्यटन सम्वन्धि योजना बनाई पर्यटन विज्ञद्धारा अध्ययन गरि डिपिआर तयार गरि अगाडी बढाउने,प्याराग्लाइडिङ्गको व्यवस्था गर्ने,संस्थाको लागि भवनको माग गर्ने,रेलिङयुक्त पदमार्ग राम्चेढुङ्गासम्म घुम्टेसम्म निर्माण,गुफाचौरमा मन्दिर पानीपोखरी सहितको पार्क निर्माण गर्ने,पिकनिक परिकारमा स साना टहराहरु निर्माण गर्ने र खुल्ला ठाँउमा चाइनिज दुवो लगाउने,टोकरी र झिर्कामा संम्भाव्यता अध्ययन गर्ने लगायतका संस्थाले रणनितिक योजनाहरु राखेको छ ।

कार्यक्रम राम्चेढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षता तथा कार्य समिति सदस्य ज्ञान बहादुर थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने राम्चेढुङ्गा पर्यटन विकास केन्द्रका पूर्व अध्यक्ष तुल बहादुर थापाले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *