अब पशुलाई पनि सुत्केरी भत्ता दिइने

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले किसानलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले सुत्केरी पशुलाई भत्ता दिन शुरु गरेको छ । नगरभित्रका किसानले पालेका गाईभैँसी ब्याउँदा पशुलाई पोषणयुक्त खाना खुवाउनका लागि प्रति पशु पाँच सय रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउन शुरु गरिएको हो ।

सुत्केरी पशुलाई भत्ता दिन किसानबाट निवेदन सङ्कलन गरि भत्ता दिने काम भईरहेको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । सुत्केरी पशुलाई भत्ता दिने कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५÷७६ मा दुई हजार पशुलाई भत्ता दिने तयारी भइरहेको वनले बताउनुभयो ।

पशुको सुत्केरी भत्ता लिन किसानले वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपि सहितको निवेदन नगरपालिकामा दर्ता गराउनुपर्ने नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको बैठकबाट निर्णय भई सुत्केरी भत्ता दिन लागिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *