शिक्षाप्रेमी सापकोटाले गरे विद्यालयमै पुगेर आर्थिक सहयोग

कौरव खत्री
गुल्मी । बाग्लुङ्गका एक शिक्षाप्रेमी व्यक्तिले विद्यायलमै पुगेर नगद आर्थिक सहयोग प्रदान गरेका छन् । गलकोट नगरपालिका ९ रिष्मी निवासी हाल रोजगारीको शिलशिलामा जापानमा होटल व्यवसाय गदै आएका शिक्षाप्रेमी पशुपति सापकोटाले सोही वडा गल्याङ्गमा रहेको बालकल्याण प्राथमिक विद्यालयको लागि नगद आर्थिक सहयोग प्रदान गरेका छन् ।


शिक्षाप्रेमी सापकोटाले विद्यालयको लागि नगद रु. ५१ हजार,१सय,११ रुपैया रकम विद्यालयमै पुगेर सहयोग प्रदान गरेका हुन । समाजसेवी सापकोटाले विगत लामो समयदेखि आफ्नो जन्मभूमिका विभिन्न विद्यालय लगायत सामाजिक रुपमा आर्थिक सहयोग प्रदान गदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *