मुखमा र जिब्रोमा खटिरा आए के गर्ने ?

काठमाडाैँ । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनामा र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ आउने समस्याले तपाईँलाई पनि हैरान बनाएको हौला । यस्तो घाउ स–सानो एक वा धेरै मात्रामा आउन सक्छ । त्यस्तै योे समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान, बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ ।

किन आउँछ मुखमा घाउ–खटिरा ?

खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ ।  ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो, मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ?

  • मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
  • पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
  • हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
  • बढी चिल्लो नखाने
  •  हल्का उम्रेको गेडागुडी बिहान खाने
  •  पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
  •  बदाम भिजाएर खाने
  •  निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

बारम्बार समस्या भैरहेमा वा विभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ । तर, मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *