हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
संसारको यस्तो गाउँ जहाँ पुरै जमिन मुनि बस्ती नै बनाएर बसेका छन्
काठमाडाैँ । संसारमा सबै मानिस जमिनमाथि नै आफ्नो बासस्थान बनाउने गरेका छन् । तर दक्षिण अस्ट्रेलियामा एउटा यस्तो सानो गाउँ छ जसको नाम हो ‘कूबर पेडी’ यो गाउको विशेषता नै फरक रहेको छ जुन गाउँ जमिन मुनि अवस्थित छ।
कबूर पेडी एउटा मरुभूमीको क्षेत्र हो । यहाँ गर्मीले जमिनको ताप धेरै हुने भएकाले यहाँका मानिसहरु जमिन मुनि गाउँ नै बनाएर बसोबास गरेका छन् । यहाँका मानिसहरु अन्डर ग्राउण्डमै बसे पनि न गर्मीमा एसी र जाडोमा हिटरको आवश्यक पर्दैन । यहाँ करिब यस्ता घरहरु १५ सय जति रहेका छन्।
यहाँ हलिउडको फिल्म सुटिङ पनि हुने गरेका छन् । यहाँ पीच ब्ल्याक फिल्मको सुटिङको दौरानमा प्रोडक्शनले फिल्मको स्पेशीप यही नै छोडेर गएका थिए। यो अहिले पर्टकको लागि आर्कषणको केन्द्र बनेको छ । (एजेन्सी)