सन् २०२२ को विश्वकपमा नेपाली सुरक्षाकर्मी लैजान कतार इच्छुक

काठमाडाैँ । सन् २०२२ मा  कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतारले इच्छा प्रकट गरेकाे छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएकाे भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले चार वर्षपछि हुने विश्वकप फुटबलमा  सुरक्षागार्डमा ठूलो संख्यामा नेपालीलाई लैजान कतार इच्छुक रहेको र त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताउनुभएकाे हाे ।

भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग उहाँले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गर्नुभयो ।

राजदूत मोहम्मदले यस वर्ष नेपाल र कतार कूटनीतिक सम्बन्ध भएको ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *