What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

महिला र जनप्रतिनिधिहरुका लागि नेतृत्व र संस्थागत विकास तालिम फलदायी: नगर उपप्रमुख शर्मा
What To Know
- साथै उपप्रमुख शर्माले अव हरेक कार्यक्रमहरुमा महिला जनप्रतिनिधिहरु सहभागिता हुनु पर्ने भएकोले केही समस्या भइरहेकोले नेतृत्व तथा संस्थागत विकास तालिमले महिला र जनप्रतिनिधिहरुका समस्या समाधान गर्न सहयोग पु¥याउने हुदा तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गदै महिलाहरुका लागि नेतृत्व र संस्थागत विकास तालिम फलदायी हुने बताइन ।.
- तालिममा मुसिकोट नगरपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष तथा सचिव एवं जनप्रतिनिधिहरु गरि २० जनाको सहभागिता रहेको थियो ।भने तालिमको पहिलो दिनको सहजीकरण कार्यक्रमका संयोजक दुर्गा घिमिरे र सामाजिक परिचालिका अनिशा केसी र लेखाका नारायण भट्टराईले गरेका थिए ।.
कौरव खत्री
गुल्मी । गुल्मीमा महिला तथा बालवालिका शाखा मुसिकोट नगरपालिकाको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम आजदेखि वामीमा शूरु भएको छ ।
तालिमको उघाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले तालिमका विषयवस्तु समय सान्दर्भिक भएकोले महिला जनप्रतिनिधिहरुका लागि यो तालिम अनिवार्य रहेको बताइन ।
साथै उपप्रमुख शर्माले अव हरेक कार्यक्रमहरुमा महिला जनप्रतिनिधिहरु सहभागिता हुनु पर्ने भएकोले केही समस्या भइरहेकोले नेतृत्व तथा संस्थागत विकास तालिमले महिला र जनप्रतिनिधिहरुका समस्या समाधान गर्न सहयोग पु¥याउने हुदा तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गदै महिलाहरुका लागि नेतृत्व र संस्थागत विकास तालिम फलदायी हुने बताइन ।
साथै सोही अवसरमा मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीले पछिल्लो समयमा नेपालका सहकारीहरुलाई राज्य बढि महत्व दिएको भन्दै तिन खम्बे अर्थ निति अनुरुप एउटा शसक्त खम्बाको रुपमा सहकारी रहेको बताउदै गाँउका कुनाकाप्चाहरुमा समेत सहकारी पुगेको हुदा यसको प्रभावकारिता बढ्दै गएकोले देश विकासका लागि सहकारी पनि समृद्धिको आधार भएको बताए ।
यस्तै जनप्रतिनिधि बालकुमारी राकसकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगरपालिकाका कृषि शाखाका अधिकृत प्रतिज्ञा रेग्मी,वास संयोजक सिता भूषाल,पूर्ननिर्माणकी मञ्जु राउत पत्रकार कौरव खत्री लगायतको सहभागिता रहेको थियो ।
तालिममा मुसिकोट नगरपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष तथा सचिव एवं जनप्रतिनिधिहरु गरि २० जनाको सहभागिता रहेको थियो ।भने तालिमको पहिलो दिनको सहजीकरण कार्यक्रमका संयोजक दुर्गा घिमिरे र सामाजिक परिचालिका अनिशा केसी र लेखाका नारायण भट्टराईले गरेका थिए ।
तालिम कार्यक्रम संयोजक दुर्गा घिमिरेको अध्यक्षता महिला बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष तारा महतको स्वागत मन्तव्यसँगै शूरु भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका अनिशा केसीले गरेकी थिइन । तालिम ५ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।