बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

संघीय संसद्को हिउँदे अधिवेशन पुस ११ मा
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन यहि पुस ११ गतबाट शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक यहि पुस ११ गते डाकेकी हुन् ।
राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ । सचिवालयले संसद् बैठक तयारी शुरु गरिसकेको जानकारी दिएको छ ।
बैठकबारे बुधबार सूचना जारी गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।संविधानसँग बाँझिएका ३ सय ३९ कानुनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्न बाँकी छ । परिमार्जन गर्नुपर्ने १ सय ७४ मध्ये पनि ३६ वटा पूर्ण रुपमा नयाँ कानुन बनाउनुपर्नेछ ।