(आईपीएल) २०१९ अक्सनमा ८ करोड ४० लाखमा बिक्री भए चक्रवर्ती

काठमाण्र्डौं पुस ३ ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनमा २ जना खेलाडी सर्वा्धिक महंगो मूल्यमा बिक्री भएका छन् ।
दुवै जना भारतीय क्रिकेटर हुन् । राजस्थान रोयल्सले जयदेव उनादकटलाई सर्वा्धिक रकम तिरेको छ । गएको संस्करणमा सर्वा्धिक विकेट लिने खेलाडीको सूचीमा २९ औँ स्थानमा रहेका थिए । उनले प्रतियोगिताभर ११ विकेट लिएका थिए । उनादकटको न्यूनतम मूल्य १ करोड ५० लाख रहेकोमा अक्सनमा सबैले बोली लगाएपछि राजस्थानले ८ करोड ४०लाख खर्चिएर किनेको हो ।

उनादकटलाई सन् २०१७ को आईपीएलको अक्सनमा ११ करोड ५० लाखमा राजस्थानले नै किनेको थियो ।यसैगरी किंग्स इलाभेन पञ्जाबले वरुण चक्रवर्तीलाई पनि ८ करोड ४० लाख खर्च गरेको छ । अनक्याप्ड खेलाडी चक्रवर्तीको न्यूनतम मूल्य २० लाख राखिएकोमा उनीमाथि पनि सबैले बोली लगाएका थिए । सुरुमा दिल्ली र चेन्नईले उनलाई किन्न खोजेका थिए । त्यसपछि कोलकाता र पञ्जाबले पनि लिलामीको रेसलाई दौडाएका थिए । जसमा पञ्जाबले ८ करोड ४० लाखमा किन्न सफल भयो । उनले भारतीय टिमबाट अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् ।

तर उनले घरेलु प्रतियोगितामा तमिलनाडुका लागि धेरै पटक चामत्कारिक प्रदर्शन गरेका छन् । तमिलनाडु प्रिमियर लिग खेलेका उनले धरै ठूला ठूला ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए । तमिलनाडु लिगपछि विजय हजारे ट्रफीमा उनले ९ खेलमा २२ विकेट लिएर सनसनी मच्चाएका थिए । समूह चरणमा उनी सर्वा्धिक विकेट लिने खेलाडी बनेका थिए ।
अचम्मको कुरा के छ भने १३ वर्षको उमेरमा क्रिकेट करियर सुरु गरेका वरुण सुरुमा विकेटकिपर ब्याट्सम्यान थिए । यसैगरी उनले चेन्नईको एसआरएम विश्वविद्यालयबाट आर्किटेक्चर इञ्जिनियरिङमा स्नातक पास गरेका छन् । पढाई पूरा गरेपछि उनले ‘फ्रील्यान्सर’ भएर काम पनि गरे तर उनीमा क्रिकेटको मोह भंग भएन । क्रिकेटको क्रेज बढी देखेपछि उनी जागिर छाडेर यता आएका हुन् । सुरुमा फास्ट बलर बनेका वरुण चोट लागेपछि स्पिनर बने । त्यसपछि चेन्नई लिगमा जुबली क्रिकेट क्लबबाट खेले । त्यसमा उनले ७ खेलमा ३१ विकेट लिए भने ब्याटिङतर्फ शानदार हाफ सेन्चुरी बनाएका थिए ।

यसैगरी पञ्जाबले शाम कुरानलाई ७ करोड २० लाखमा किनेको छ । इंग्ल्याण्डका कुरानको न्यूनतम मूल्य २ करोड तोकिएकोमा पञ्जाबले दोस्रो ठूलो रकम खर्च गरेको हो ।
दिल्ली क्यापिटल्सले कोलिन इन्ग्रामलाई ६ करोड ४० लाख खर्च गर्दा कोलकाताले कार्लोस ब्रेथ्वेटलाई ५ करोड खर्च गरेको छ । यसैगरी पाँच करोड मूल्यमा दिल्लीले अक्षर पटेल, चेन्नईले मोहित शर्मा र बेंग्लोरले शिवम दुवेलाई पनि किनेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *