विद्यार्थीलाई प्रशिक्षण

काठमाडौं पुष ३ ।
महानगरीय प्रहरी कार्यालयले केएमसी सेकेण्डरी स्कुल बागबजारमा पुगेर विद्यार्थीलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शैलेस थापा क्षेत्रीले झण्डै ३ सयको हाराहारीमा सहभागी विद्यार्थीलाई साइवर अपराध, मानब बेचबिखन, जबरजस्ती करणी र त्यसबाट बच्ने उपाय र जीवनमा आधारभुत सुरक्षाका विषयमा प्रशिक्षण दिनुभएको हो ।

पछिल्लो समय शहरदेखि गाउँसम्म साइबर अपराध बढेको पाइएकोले अनलाइनमा कुरा गर्दा साइवर अपराधमा पर्न सकिने भन्दै यसबाट जोगिन विभिन्न उपायबारे जानकारी दिनुभएको थियो । महानगरीय प्रहरी बृत्त सिंहदरबारको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत डिआइजी थापाले अपरिचितसँगको क्रियाकलापमा सावधानी अपनाउनुपर्नेमा जोड दिर्दै जाथाभावी फेसबुक, ट्युइटर लगायतका सामाजिक सञ्जालको प्रयोग नगर्न, शान्ति सुरक्षामा सबै विद्यार्थी चनाखो हुन आग्रह गर्नुभयो ।


पुलिस क्लबमा आयोजित प्रशिक्षणमा थापाले सामाजिक अपराध न्युनिकरणमा विद्यार्थीले खेल्न सक्ने भुमिका र विभिन्न अपराधका प्रकृति फेरिएकाले साइवर अपराधमा नपर्न साथै अपरिचितसँगको व्यवहार उही अनुसारले गरेमा मात्र पनि समाजका केही घटनामा कमी आउने बताउदै यस तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

वृत्तका प्रहरी निरीक्षक भोजराज पाण्डेको संचालनमा भएको प्रशिक्षण कार्यक्रममा स्कुलका प्रिन्सिपल नगेन्द्र बहादुर अर्यालले प्रशिक्षण कार्यक्रमले आफूहरुलाई अझ सशक्त विना बर्दीको प्रहरी बन्न प्रेरणा मिलेको बताउनुभयो । उहाँले स्कुलमा सञ्चालित प्रशिक्षणले शिक्षक र विद्यार्थीलाई एकै थलोमा सुरक्षित भविश्यको लागि ज्ञान दिएको बताउदै यसका लागि प्रहरीको यो अभियानलाई धन्यवाद दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *