हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
हिरक महोत्सवले जुटायो ७० लाख आर्थिक सहयोग
कौरव खत्री
गुल्मी । गुल्मीको एक माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको हिरक महोत्सवमा विद्यालयको लागि राम्रो आर्थिक जुटेको छ । सत्यवति गाँउपालिका वडा नं. ४ लिम्घामा रहेको सरस्वति माध्यमिक विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट महोत्सवको सातौ दिनसम्म हालसम्म कुल ७३ लाख सहयोग भएको महोत्सवका प्रचार प्रसार संयोजक प्रकास भटट्राईले जानकारी दिए ।
विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा गत मंसिर २४ देखि विद्यालयमा श्री सरस्वति माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासार्थ श्री सरस्वति धार्मिक तथा शैक्षिक एतिहासिक हिरक महोत्सव २०७५ भन्ने मुल नारा सहित सञ्चालन भइरहेको महोत्सव भोलिसम्म सञ्चालन हुने विद्यालयले हिरक महोत्सवका प्रचार प्रसार संयोजक भटट्राईले जानकारी दिए ।
विद्यालयलाई सर्वाङ्गीण विकासार्थको लागि र शैक्षिक गुणस्तर कायम गराउने उद्देश्य अनुरुप हिरक महोत्सव सञ्चालन भइरहेको छ भने श्रीमद्भागवत ज्ञान महायज्ञको बाल योगेश्वर महाराजको प्रमुख बाचन रहेको छ । महोत्सव मार्फत १ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको विद्यालय श्रोतले जनाएको छ ।