स्थानिय तहमा समानुपातिक विज्ञापन निति कार्यान्वयन गर्नुुपर्छ ःअध्यक्ष श्रेष्ठ

पाल्पा । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रको विकास र समृद्धिका लागि स्थानीय सरकारहरुले समानुपातिक विज्ञापन नीति बनाएर पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।
शुक्रवार तानसेन नगरपालिका र नेपाल पत्रकार महासंघबीच भएको अन्र्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो । श्रेष्ठले तानसेन नगरपालिकाले समानुपातिक विज्ञापन नीति बनाएर कार्यान्वयनमा लैजाने प्रयास गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रेस काउन्सिल नेपाल, प्रेस काउन्सिल म्यानमार र प्रेस काउन्सिल श्रीलंकाका अध्यक्ष सहितका पदाधिकारी तथाकर्मचारीहरुले तानसेन नगरपालिका र पाल्पाली पत्रकारहरुबीच भेटघाट तथा छलफल गरेका थिए ।
कार्यक्रममा म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङस, श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेले नेपालको प्रेस काउन्सिल र आफ्नो देशको काउन्सिल बीच आपसी सम्वन्ध विस्तार गर्दै पत्रकारिता क्षेत्रको प्रवर्धनमा सहकार्य गरिने बताएका छन । कार्यक्रममा तानसेन नगरपालिकाका निमित्त प्रमुख दामोदर घिमिरे, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले तानसेन नगरपालिकाले पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्दै आएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *