देउराली–छतिवन सडक पुरा ,रिब्दीकोट र तिनाउँ गाउँपालिका सडक सञ्जालले जोडियो

पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ देउराली देखि तिनाउँ गाउँपालिकाको छतिवन सम्मको ६ किलोमिटर सडकखण्डको एक कार्यक्रमका बिच उदघाटन भएको छ । घुमाउरो र लामो यात्रा गरेर बुटवल झनुपर्ने बध्यता रहेका रिब्दीकोट गाउँपालिका ६ नम्बर वडाका जनतालाई मोटरबाटाकोे निर्माण कार्य पुरा भएसँगै सहज भएको छ । लामो समयदेखि सो सडकको ट्रयाक खोल्ने प्रयास गरेपनि त्यो प्रयास अहिले आएर पुरा भएपछि जनताले राहातको महशुस गरेका छन ।

एक कार्यक्रमको आयोजना गरि सो सडकखण्डको उद्घाटन भएको छ । उक्त सडकखण्डको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारयाण बहादुर जिसिले रिवन काटेर उद्घाटन गर्नुभएको थियो । लामो यात्रा गर्न बाध्य यस वडाका जनतालाई रिब्दीकोट गाउँपालिकाको देउराली देखि तिनाउँको छतिवन सम्मको ६ किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै छिटोछरितो यात्रा गर्न सहज हुने गाउँपालिका अध्यक्ष जिसिले बताउनुभयो । अध्यक्ष जिसिले सडकखण्डको ट्रयाक खोल्ने कार्यले सो क्षेत्रमा आन्तरिक पर्यटक भित्राउन मद्धत पुग्ने बताउनुभयो । बाटो निर्माणको लागि २०७१ साल देखि स्थानियले जन श्र्रमदान स्वरुप आर्थिक स्रोत संकलनबाट सुरुभएको निर्माण कार्यको ४ वर्षपछि निर्माण कार्य पुरा भएसँगै सहज रुपमा यातायात सञ्चालन भएका छन ।

मोटरबाटो निर्माण गर्न सर्वोत्तम सिमेन्ट प्रालि, गाउँपालिका र वडा कार्यालयको आर्थिक वर्षहरु २०७३÷७४र ०७४÷७५बाट रु ३१ लाख ४६ हजार र आर्थिक वर्ष ०७४÷७५ को वडाकार्यालय बाट रु ३ लाखका साथै स्थानियको जन श्र्रमदानबाट बाटो निर्माण कार्य पुरा गराउन सफल भएको स्थानिय जनक जिसिले जानकारी दिनुभयो । मोटरबाटो उदघाटन कार्यक्रमामा जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि , पत्रकार र स्थानिको सहभागिता रहेको थियो । कार्यक्रम मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्याक्ष टोप बहादुर बगालेको अध्यक्षतामा भएको हो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *