राजनितिककर्मी र सामाजिक कार्याकर्तालाई क्षयरोग अभिमुखिकरण

पाल्पा । नेपाल क्षयरोग निवारण संस्था पाल्पाले जिल्लाका राजनितिककर्मी र सामाजिक कार्याकर्ताहरुलाई एक दिने क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । नाटामा संलग्न विद्यालयका विद्यार्थीहरु र प्रअहरुलाई क्षयरोग सम्बन्धि प्रशिक्षण दिइसकेको संस्थाले आज राजनितिक दल र सामाजिक कार्याकर्ताहरुका प्रतिनिधिहरुलाई प्रशिक्षण दिएको हो ।

नेपालमा क्षयरोगको अवस्था चुनौतीपूर्ण रहेकाले समाजमा रहेका राजनितिक दल, सामाजिक व्यक्ति, विद्यार्थी, शिक्षकहरुलाई क्षयरोगका विषयमा जानकारी दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले रोग लाग्नु भन्दा पनि रोग लाग्नै नदिन विशेष सर्तकता अपनाउनु पर्ने बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा युनाईटेड मिसन अस्पतालका डा.उदिप महर्जनले क्षयरोगको परिचय, क्षयरोग पत्ता लगाउने तरिका, त्यसका लक्षण, सर्ने तरिका, प्रकार, बच्ने उपाय, नेपालमा क्षयरोगको अवस्था र चुनौतीका विषयमा सहभागिहरुलाई प्रशिक्षण दिनुभयो । डा. महर्जनले नेपालमा क्षयरोगको अवस्था चुनौती पूर्ण रहेकाले आफुले हासिल गरेको ज्ञानलाई समाज, परिवारमा समेत जानकारी गराउन सहभागिलाई आग्रह गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *