बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

घरमै मीठो फ्राइ राइस बनाउने सजिलो तरिका ( भिडियो )
काठमाडौं । फ्राइ राइस भात मन पराउनेहरुका लागि राम्रो परिकार हो । यो साधारण भातको सट्टामा खान सकिन्छ । नेपाली खानपिनमा खाएर बाँकी रहेको बासी भातलाई घ्यु वा तेलमा भुटेर खाने चलन छ । फ्राइड राइस त्यसमा अरु केही सामग्रीहरु थपेर नयाँ स्वाद दिइनु हो । गाउँघरमा बासीभात भुटेजस्तै सहरमा भने ताजा भातलार्इ नै बिभिन्न अन्य परिकारहरू माछा, मासु, अन्डा, पनिर अादि मिसाएर फ्राइ गरि तयार गरिन्छ । त्यसमा मिक्स गरिने परिकारका अाधारमा यसकाे नाम निर्धारण हुन्छ जस्ताे चिकन फ्राइ राइस, फिस फ्राइ राइस, अादि । याे धेरैले रूचाउने परिकार पनि हाे । यहाँ हामीले भेज फ्राइ राइस तयार गर्ने तरिका बारे चर्चा गर्दै छाैँ ।
फ्राइड राइस बनाउनको लागि आवश्यक सामग्री :
सिमी, क्याप्सिकम, हरियो प्याज, प्याज
सोया सस, जिरा, खुर्सानी, लसुन, घ्यु
हरियो मटर, गाजर
विधि :
भाँडोमा घ्यु तताउने र त्यसमा जिरा, प्याज, लसुन, खुर्सानी फुराउने ।
त्यसमा सिमी, मटर, गाजर, क्याप्सिकम राख्ने र केही मिनेट पकाउने ।
अब त्यसमा भात राख्ने ।
मिक्स गरेर सोया-सस र प्याज राख्ने ।