वनभोजको खाना सर्किएर एक जनाको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्याममा वनभोज खानेक्रममा खाना सर्किएर एक जनाको मृत्यु भएको छ ।

दुहबी नगरपालिका–७ सुनसरीमा सञ्चालित सुलभ सहकारी संस्थाले आयोजना गरेको वनभोज कार्यक्रममा वनभोज खानेक्रममा सर्किएर सोही सहकारीका ४५ वर्षीय कर्मचारी उदयमान चौधरी बिरामी भएका थिए ।

खाना सर्किएर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *