पाल्पामा पात टिप्ने क्रममा हिताङ्गाको मृत्यु

जिल्लाको तानसेन नगरपालिका ७ बर्तुङको जङ्गलमा तेजपत्ताको पात टिप्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । तानसेन ८ मदनपोखराकी वर्ष ४१ की सोल कुमारी हिताङ्गाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ तेजपत्ताको पात टिप्ने क्रममा मुठा बनाई रहेको अवस्थामा अचानक बेहोस भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । निज हिताङ्गा विगत ६ वर्ष अगाडी देखि मृगी रोगी रहेको उनको आफ्न्तले बताएका छन । घटना बारे थप अनुशन्धान भईरहेको प्रहरी नायब उपरिक्षक घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *