जनजागृति माविको स्वर्ण महोत्सव मनाउन काठमाडौँमा उपसमिति गठन

काठमाडौं । श्री जन जागृति माध्यमिक विद्यालय, छत्रकोट गाउँपलिका एक हुँगा गुल्मीको स्वर्ण महोत्सव मनाउन बिभिन्न उपसमिति गठन गरिएको छ । हुँगेली समाज काठमाडौको भेलाले विद्यालयको महोत्सव सफल पार्न समाजका अध्यक्ष दिलबहादुर थापाको संयोजकत्वमा आर्थिक उपसमिति र सचिव रामकृष्ण भण्डारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको हो ।

आर्थिक समितिमा जनजागृति माविका पूर्व प्रअ ताराप्रसाद भण्डारी, उद्योगी तथा समाजसेवी दुर्गाप्रसाद न्यौपाने, संविधानविद् चन्द्रकान्त ज्ञवाली, समाजका महासचिव नुर भण्डारी, कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, सल्लाहकार हर्कबहादुर थापा र सदस्य ध्रुव भण्डारी रहनु भएको छ ।

यसैगरी प्रचार प्रसार उपसमितिमा बिष्णुप्रसाद सुवेदी, शंकर भण्डारी, युबबहादुर गाहा मगर, दशरथ भण्डारी र मित्र भण्डारी रहनुभएको छ ।

यस्तै निजामति तथा सेवा क्षेत्रमा कार्यरत पुर्व विद्यार्थीहरुसँग समन्वय गर्न शालिकराम सुवेदीको संयोजकत्वमा प्रेम नारायण कंणेल, ज्ञानराज सुवेदी, तोयनारायण सुवेदी, डिल्लीराज भण्डारी र केशव सुवेदी रहनुभएको छ ।

देश विदेशका विभिन्न क्षेत्रमा रहेका हुँगेली र हुँगामा अध्ययन गरेका पूर्व विद्यार्थीहरुसँग सम्पर्क तथा समन्वय गर्न युवाहरु मोतिलाल भण्डारी संयोजकत्वमा सम्मन्वय समिति बनाइएको छ । जसमा ताराप्रसाद न्यौपाने, माधवप्रसाद न्यौपाने, रामप्रसाद भण्डारी, यमुना भण्डारी र रोहित सुवेदी सदस्य हुुनुहुन्छ ।

विसं २०२४ सालमा स्थापना भएको जनजागृति माविले आगामी पुस १ देखि ५ गतेसम्म स्वर्ण महोत्सव मनाउँदै छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *