बुद्ध जयन्तीकाे अवसरमा शान्तिका लागि साइकल यात्रा, लुम्बिनीमा विशेष कार्यक्रम

What To Know

  • कार्यक्रमको औपचारिक समापन भने वैशाख १९ (May 2, 2026) मा हुनेछ। समापन कार्यक्रममा शान्ति, स्वतन्त्रता र मानवतासम्बन्धी विषयमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरिनेछ।  विश्वमा बढ्दो हिंसा, द्वन्द्व र अशान्तिको अवस्थामा शान्तिको सन्देश फैलाउन यस्तो कार्यक्रम आवश्यक भएको श्याल्पा रिन्पाेछेले बताउनुभयाे ।.
  • संस्थाले विगत ५० वर्षदेखि विश्व शान्ति र बौद्ध शिक्षाको प्रचारमा योगदान दिँदै आएको दाबी गरेको छ। साथै, संयुक्त राष्ट्रसंघ, वर्ल्ड इकोनोमिक फोरम (दाभोस) तथा अमेरिकाको ह्वाइट हाउसजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि शान्तिको सन्देश प्रस्तुत गरिएको उल्लेख गरिएको छ।.

काठमाडौं। विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘शान्तिका लागि साइकल यात्रा (Peace Rally)’ आयोजना गरिने भएको छ। विश्वशान्ति प्रवर्द्धनमा सक्रिय संस्था महासिद्ध पीस स्याङ्चुअरी (Mahasiddha Sanctuary for Universal Peace) ले बुद्ध जयन्तीकाे अवसरमा उक्त कार्यक्रम गर्न लागेको हो।

आइतबार काठमाडाैंमा आयाेजित पत्रकार सम्मेलनमा दिइएकाे जानकारी अनुसार साइकल यात्रा यही वैशाख १५ (April 28, 2026) बाट सुरु हुनेछ। यात्रामा करिब ५० जना साइकल यात्री सहभागी हुनेछन्। काठमाडाैंकाे स्वयम्भुबाट शुरू भएर हेटाैडा, चितवन, भैरहवा हुँदै अघि बढ्दै वैशाख १८ (May 1, 2026) मा पवित्र भूमि लुम्बिनी पुग्नेछ।

लुम्बिनीमा बुद्ध पूर्णिमाको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ। सो दिन शान्ति, करुणा र सहिष्णुताको सन्देश फैलाउने उद्देश्यले ध्यान, प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम गरिनेछ।

कार्यक्रमको औपचारिक समापन भने वैशाख १९ (May 2, 2026) मा हुनेछ। समापन कार्यक्रममा शान्ति, स्वतन्त्रता र मानवतासम्बन्धी विषयमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरिनेछ।  विश्वमा बढ्दो हिंसा, द्वन्द्व र अशान्तिको अवस्थामा शान्तिको सन्देश फैलाउन यस्तो कार्यक्रम आवश्यक भएको श्याल्पा रिन्पाेछेले बताउनुभयाे ।

यसै अवसरमा “The Path to Perfect Freedom” नामक पुस्तकसमेत विमाेचन गरिनेछ, जसको नेपाली संस्करण “पूर्ण मुक्तिको मार्ग” शीर्षकमा उपलब्ध हुने जनाइएको छ। उक्त पुस्तक अनलाइन माध्यम Amazon मार्फत पनि प्राप्त गर्न सकिनेछ।

संस्थाले विगत ५० वर्षदेखि विश्व शान्ति र बौद्ध शिक्षाको प्रचारमा योगदान दिँदै आएको दाबी गरेको छ। साथै, संयुक्त राष्ट्रसंघ, वर्ल्ड इकोनोमिक फोरम (दाभोस) तथा अमेरिकाको ह्वाइट हाउसजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि शान्तिको सन्देश प्रस्तुत गरिएको उल्लेख गरिएको छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। वातावरण संरक्षण र कार्बन उत्सर्जन घटाउने सन्देशलाई पनि यात्रामार्फत जोड दिइनेछ। आयोजकले सबैलाई कार्यक्रममा सहभागी भई शान्तिको अभियानमा साथ दिन अपिल गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *