बस्ती नउजाडी बालेन सरकार सुकला हुनै नसकेपछि बत्तीको भरमा गैरीगाउँ–सिनामङ्गलका टहरा भत्काइँदै

What To Know

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ–सिनामङ्गलमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा बत्तीको भरमा भत्काइँदै छ । यो क्षेत्रमा घरटहरा भत्काउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।.

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ–सिनामङ्गलमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा बत्तीको भरमा भत्काइँदै छ । यो क्षेत्रमा घरटहरा भत्काउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौँ–९ गैरीगाउँको सुकुम्वासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएर टोली सिनामङ्गलस्थित सुकुम्वासी बस्ती हटाउनतिर लागेको छ । सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो । आज दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

अहिले सिनामङ्गलस्थित सुकुम्वासी बस्तीका साना घरटहरा भत्काइसकेर ठूला घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । हालसम्म बस्ती हटाउने क्रममा कुनै ठूलो अवरोध वा झडपको अवस्था सृजना नभएको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार काठमाडौँको शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३ र गोठाटारमा ७७ सुकुम्वासीका नाममा घरटहरा निर्माण गरिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैध रूपमा निर्माण गरिएका संरचना हटाएर ती ठाउँमा बसोबास गर्दै आएका नागरिकका सरसामन हटाउन र अन्यत्र लैजान सहयोग गरिरहेका छन् ।
–––

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *