एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ क्यालेन्डर सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ को अवसरमा नेपाली लोक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकले नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक तथा सरोकारवालामा नयाँ आशा, भरोसा र उत्साह ल्याओस् भन्ने शुभकामनासहित यो क्यालेन्डर ल्याएको जनाएको छ। क्यालेन्डर निर्माणमा नेपाली लोक बाजा संग्रहालयको समेत सहयोग रहेको बैंकले जानकारी दिएको छ।

उक्त क्यालेन्डरमा नेपालका विभिन्न क्षेत्र, समुदाय र चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेका लोक तथा लोपोउन्मुख बाजाहरूका तस्बिर समावेश गरिएका छन्। साथै ती बाजा बजाउने शैलीसमेत चित्रमार्फत प्रस्तुत गरिएको छ।

बैंकका अनुसार यस्ता बाजाहरू नेपाली संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण प्रतीक हुन्। क्यालेन्डरमार्फत यिनको संरक्षण, प्रवर्द्धन र भावी पुस्तासम्म हस्तान्तरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

यस क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रअनुसारका बिदा, चाडपर्व, दिवस तथा पञ्चांगका तिथिहरू पनि समावेश गरिएका छन्।

ग्राहक तथा इच्छुक व्यक्तिले बैंकको आधिकारिक वेबसाइटमार्फत भित्ते र टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *