एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सहकार्य

What To Know

  • काठमाडाैं । एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमित तथा बीमा अभिकर्तालाई लक्षित गरी लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।.
  • यस सम्झौतापछि सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नलाग्ने क्रेडिट कार्ड प्राप्त गर्नेछन्। यसले आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सेवा प्रयोग गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।.

काठमाडाैं । एन आई सी एशिया बैंकसूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमित तथा बीमा अभिकर्तालाई लक्षित गरी लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गर्नुभयो।

यस सम्झौतापछि सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क नलाग्ने क्रेडिट कार्ड प्राप्त गर्नेछन्। यसले आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सेवा प्रयोग गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।

ग्राहकलाई सरल र परिष्कृत बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यअनुसार गरिएको यो सहकार्यले बीमित तथा अभिकर्तालाई क्रेडिट कार्डमार्फत डिजिटल अर्थतन्त्रसँग जोड्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *