युकेमा नेपालकाे समसायिक राजनीतिबारे विचार विमर्श

What To Know

  • धर्मराज थापा, बरिष्ठ खगेन्द्र पाठक, पूर्व अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, NRNA UK ICC मानार्थ सदस्य शान्ती थापा, प्रमुख संरक्षक डेभिड गुरुङ, गोर्खा हंगर स्ट्राइक क्याम्पेनका अभियन्ता धन बहादुर गुरुङ र पुष्पा राणा घले, CNCBG अध्यक्ष थर्क राना, गेसोका उपाध्यक्ष धर्म तामाङ, PANAS का महासचिव रमेश शाही, NRNA UK ICC सदस्यहरू, सल्लाहकारहरू, NRNA UK तथा SSC Wales का अध्यक्ष दिपक सुब्बा, प्रमुख सल्लाहकार डा.
  • उहाँले यो विषयलाई कानुनी मात्र नभई राष्ट्रिय सरोकारको विषय भएको बताउनुभएको छ। मगरले भन्नुभयो, “विदेशमा जन्मिएका नेपाली वंशजहरूलाई नागरिकताको अधिकारबाट वञ्चित गर्नु अन्याय हो। उनीहरू नेपाली पहिचान र राष्ट्रसँगको सम्बन्धबाट अलग हुनु हुँदैन।” उहाँका अनुसार उक्त अभियान NRNA UK मार्फत संगठित रूपमा अघि बढाइएको छ र यसले भविष्यमा राष्ट्र र नेपाली समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।.

एल्डरशट(युके) । युकेमा नेपालकाे समसायिक राजनीतिबारे विचार विमर्श गरिएकाे छ । गत सेप्टेम्बरमा भएकाे जेनजी आन्दाेलन र त्यसपछि विकसित राजनीतिबारे युकेमा रहेका नेपाली अगुवाहरूबीच छलफल तथा अन्तर्क्रिया भएकाे हाे ।

एल्डरशटस्थित एम्पायर हलमा १८ जनवरी आइतबार एनआरएनए युकेकाे व्यवस्थािपन तथा अध्यक्ष एवं सामाजिक अभियन्ता प्रेम गाहा मगरकाे अगुवाइमा गरिएकाे कार्यक्रममा युकेस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूले विचार राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ केही कारणवश उपस्थित हुन नसकेपछि गैर–आवासीय नेपाली संघ (NRNA ICC) का उपाध्यक्ष विश्वासदीप टिगेलाले प्रमुख आथित्यता ग्रहण गर्नुभएकाे थियो। उहाँले गैर–आवासीय नेपाली समुदायको वर्तमान अवस्था, संगठनको भूमिका र आगामी प्राथमिकताका विषयमा आफ्नो धारणा राख्नुभयो।

अन्तरक्रियात्मक सत्रमा NRNA UK का कानुनी सल्लाहकार डा. धर्मराज थापा, बरिष्ठ खगेन्द्र पाठक, पूर्व अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, NRNA UK ICC मानार्थ सदस्य शान्ती थापा, प्रमुख संरक्षक डेभिड गुरुङ, गोर्खा हंगर स्ट्राइक क्याम्पेनका अभियन्ता धन बहादुर गुरुङ र पुष्पा राणा घले, CNCBG अध्यक्ष थर्क राना, गेसोका उपाध्यक्ष धर्म तामाङ, PANAS का महासचिव रमेश शाही, NRNA UK ICC सदस्यहरू, सल्लाहकारहरू, NRNA UK तथा SSC Wales का अध्यक्ष दिपक सुब्बा, प्रमुख सल्लाहकार डा. भिम पुन लगायत विभिन्न संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले उठाएका जिज्ञासा र सुझावहरूको जवाफ विशेष अतिथि टिगेलाले स्पष्ट र व्यावहारिक रूपमा दिनुभएको थियो। सहभागीहरूका अनुसार यस्ता कार्यक्रमले समुदाय र नेतृत्वबीचको संवादलाई अझ सुदृढ बनाएको छ। आयोजकले यस्ता सार्वजनिक सूचना तथा अन्तरक्रिया कार्यक्रमले समुदायको आवाजलाई संस्थागत तहसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम NRNA UK का अध्यक्ष प्रेम घाहा मगरको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको संयोजन उपाध्यक्ष अनिल मल्लले गर्नुभएको थियो भने सभा सञ्चालन महासचिव जुरेन्द्र खजुम लिम्बुले गर्नुभएको थियो।

थप जानकारी दिँदै NRNA UK का अध्यक्ष प्रेम घाहा मगरले जेन्जी आन्दोलन पश्चात नेपालको राजनीतिक, भू–राजनीतिक अवस्था र भ्रष्टाचार विरुद्ध “Save the Nation, Build the Nation” अभियान सञ्चालन गर्ने उद्देश्यले एक च्यारिटी संस्था दर्ता गरी प्रभावकारी कार्यक्रमहरू विस्तार गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो। उहाँले उक्त अभियानमार्फत दीर्घकालीन रूपमा समाज र राष्ट्रहितमा योगदान पुर्‍याउने योजना रहेको स्पष्ट पार्नुभयो।

उहाँले यो विषयलाई कानुनी मात्र नभई राष्ट्रिय सरोकारको विषय भएको बताउनुभएको छ। मगरले भन्नुभयो, “विदेशमा जन्मिएका नेपाली वंशजहरूलाई नागरिकताको अधिकारबाट वञ्चित गर्नु अन्याय हो। उनीहरू नेपाली पहिचान र राष्ट्रसँगको सम्बन्धबाट अलग हुनु हुँदैन।” उहाँका अनुसार उक्त अभियान NRNA UK मार्फत संगठित रूपमा अघि बढाइएको छ र यसले भविष्यमा राष्ट्र र नेपाली समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

त्यसैगरी, सभाले NRNA UK का लागि भिडियोग्राफर तथा मिडियाको रूपमा युकेनेपालन्युजका प्रबन्धक पारस थापालाई चयन गरेको छ। सभामा उपस्थित सहभागीहरूले मिडियाको भूमिकालाई समुदाय र संस्थाबीचको सेतुका रूपमा महत्वपूर्ण रहेको बताउँदै उक्त निर्णयको स्वागत गरेका थिए। ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *