What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट
What To Know
- नयाँ योजनाअनुसार २०८२ माघ ६ गतेसम्म लकर सेवा लिने ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत विशेष छुट पाउनेछन्। ग्राहकले बैंकको लकर सेवा प्रयोग गरी आफ्ना बहुमूल्य सामग्री र महत्वपूर्ण कागजात सुरक्षित रूपमा राख्न सक्ने बैंकले जनाएको छ।.
- बैंकले देशभरका विभिन्न शाखामार्फत ग्राहकको आवश्यकता अनुसार विभिन्न आकारका लकर सेवा उपलब्ध गराउँदै आएको छ। यस छुट सुविधाले लकर सेवा प्रयोग गर्न अझ सरल, सहज र किफायती हुने विश्वास बैंकले लिएको छ।.
काठमाडाैं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकका लागि लकर सेवामा ३० प्रतिशत छुट सुविधा उपलब्ध गराएको छ। बैंकले बहुमूल्य सामान तथा महत्वपूर्ण कागजात सुरक्षित राख्न सहज होस् भन्ने उद्देश्यले यस छुटलाई बढाएर ३० प्रतिशत पुर्याएको हो।
नयाँ योजनाअनुसार २०८२ माघ ६ गतेसम्म लकर सेवा लिने ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत विशेष छुट पाउनेछन्। ग्राहकले बैंकको लकर सेवा प्रयोग गरी आफ्ना बहुमूल्य सामग्री र महत्वपूर्ण कागजात सुरक्षित रूपमा राख्न सक्ने बैंकले जनाएको छ।
बैंकले देशभरका विभिन्न शाखामार्फत ग्राहकको आवश्यकता अनुसार विभिन्न आकारका लकर सेवा उपलब्ध गराउँदै आएको छ। यस छुट सुविधाले लकर सेवा प्रयोग गर्न अझ सरल, सहज र किफायती हुने विश्वास बैंकले लिएको छ।
लकर सेवासम्बन्धी थप जानकारीका लागि नजिकैको बैंक शाखा कार्यालयमा वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।






