What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
What To Know
- काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहको तर्फबाट पार्टी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।.
- उहाँले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणलाई सम्मान गर्दै, विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्ने साझा भावना रहेको भन्दै आफू अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएको स्पष्ट गरे।.
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहको तर्फबाट पार्टी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ। यही सन्दर्भमा आज सम्पादकहरूसँगको अन्तरक्रियामा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन्।
उहाँले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणलाई सम्मान गर्दै, विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्ने साझा भावना रहेको भन्दै आफू अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएको स्पष्ट गरे।
चुनावी प्रतिस्पर्धामा जित र हारलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउने उहाँले, परिणाम जे आए पनि आफूहरू पार्टीको पक्षमा दृढ रूपमा उभिने बताए।
एक प्रश्नको उत्तर दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले राज्यको संविधान, पार्टीको विधान, अन्तरराष्ट्रिय अभ्यास र सम्बन्धित व्यक्तिको चाहना भए जो कोहीलाई राजनीतिमा आउन पाउने धारणा व्यक्त गरे।
प्रतिनिधि सभाको पुनःस्थापनासम्बन्धी मुद्दा अहिले अदालतमा विचाराधीन भएकाले अनावश्यक टिप्पणी गर्नु उचित नभएको उहाँको भनाइ थियो। लोकतन्त्र र निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले एमाले आगामी निर्वाचनमा सहभागी हुने उनले दोहोर्याए। साथै, मुलुकका वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको पनि पोखरेलले उल्लेख गरे।
अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता सहभागी थिए।






