काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एन आई सी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूले अब काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट सुविधा पाउने भएका छन्।
होटल र बैंकबीच गरिएको सम्झौतापछि ग्राहकहरूले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा छुट पाउनेछन्। डिजिटल माध्यमबाट भुक्तानी गर्ने ग्राहकले मात्र यो सुविधा उपयोग गर्न सक्नेछन्।
ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त हुने बैंकले जनाएको छ। बैंकका अनुसार यो सहकार्यले ग्राहकहरूलाई सुविधा दिने मात्र होइन, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिँदै नगदरहित कारोबारलाई पनि अघि बढाउनेछ।






