What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एकैदिन करिब ५ हजार बढ्यो सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार
काठमाडौं । स्थानीय बजारमा सुनकाे भाउ ह्वात्तै बढेकाे छ । मंगलबार एकैदिन सुनको भाउ करिब ५ हजार बढेको हाे ।हिजाेकाे तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।






