What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
 
							फेरिपनि सरकारी सम्पत्ति स्वाहा पार्ने र सिन्को नभाँच्नेलाई रोज्ने कि नयाँ खोज्ने, भक्तपुरबासी ?
What To Know
- उनी एकपटक गृहमन्त्री र पाँच पटक देशको प्रधानमन्त्री भए । दुई कार्यकाल उनले पार्टीको सभापतिको जिम्मेवारी निर्वाह गरे । डडेल्धुरा दुर्गम जिल्लामा पर्छ । तर, त्यस जिल्लाले पाँचपटक देशको प्रधानमन्त्री पायो । भक्तपुर काठमाडौं उपत्यकाभित्र पर्छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ सालदेखि निरन्तर नेमकिपाले जित्दै आएको छ ।.
- राजधानीसँग जोडिएको जिल्ला भएतापनि विकासमा पिछडिएको नै छ । नेमकिपा सरकारमा नजाँदा आजसम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट न कोही प्रधानमन्त्री भए न मन्त्री । जनताको मतदान खेर गएको छ । उनीहरुले लगातार एउटै पार्टीलाई मतदान गरेर पठाइरहेका छन् तर त्यो पार्टीले न सरकारमा जान्छ न कुनै पदमा ।.
अनुसा थापा
जनताको बलमा मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भयो । जबजब राजनीतिक परिवर्तन भयो, तबतब चुनाव पनि गरियो । २०४६ सालमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन जनताले ठूलो योगदान गरे । २०४७ सालमा संविधान बन्यो भने २०४८ सालमा पहिलो चुनाव भयो । त्यसपश्चात् २०५१ सालमा निर्वाचन गरियो ।
२०५६ र २०६४ मा दुईपटक निर्वाचन भयो । २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र हटेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । लोकतन्त्र गणतन्त्र आएपछि २०७० सालमा चुनाव गरियो । त्यसपछि २०७४ र २०७९ मंसिर ४ गते चुनाव भयो । अबको चार महिनापछि मुलुकमा पुनः निर्वाचन हुँदैछ ।
सरकारले आउँदो फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । चुनाव जनताले आफ्ना जनप्रतिनिधि चुन्ने एउटा मौका हो । आफ्नो क्षेत्र र देशको विकास गरुन्, देशमा समृद्धि ल्याऊन् भनेर जनताले नेतालाई मतदान गरेर पठाउँछन् । काँग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ देखि पछिल्लोपटक भएको निर्वाचनसम्म विजयी हासिल गरे ।
उनी एकपटक गृहमन्त्री र पाँच पटक देशको प्रधानमन्त्री भए । दुई कार्यकाल उनले पार्टीको सभापतिको जिम्मेवारी निर्वाह गरे । डडेल्धुरा दुर्गम जिल्लामा पर्छ । तर, त्यस जिल्लाले पाँचपटक देशको प्रधानमन्त्री पायो । भक्तपुर काठमाडौं उपत्यकाभित्र पर्छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ सालदेखि निरन्तर नेमकिपाले जित्दै आएको छ ।
२०४८ देखि २०७० सालसम्म अध्यक्ष नारायणमान बिजुक्छेंले चुनाव जिते । २०७४ र २०७९ मा भने उनकै पार्टीका प्रेम सुवाल निर्वाचित भए । यो पार्टी एकपटक पनि सरकारमा गएको छैन । भक्तपुर काठमाडौंको छिमेकी जिल्ला भएतापनि ठ्याक्कै गाउँजस्तै देखिन्छ ।
राजधानीसँग जोडिएको जिल्ला भएतापनि विकासमा पिछडिएको नै छ । नेमकिपा सरकारमा नजाँदा आजसम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट न कोही प्रधानमन्त्री भए न मन्त्री । जनताको मतदान खेर गएको छ । उनीहरुले लगातार एउटै पार्टीलाई मतदान गरेर पठाइरहेका छन् तर त्यो पार्टीले न सरकारमा जान्छ न कुनै पदमा ।
नारायणमान बिजुक्छें र प्रेम सुवालले सिन्को भाँचेका छैनन् । बरु, राजाले ल्याएको कानुनको ढोल बजाएर चुनाव जित्ने काम गरिरहेका छन् । राजा महेन्द्रले २०२१ सालमा भूमि ऐन ल्याए । जसमा कमाउने व्यक्तिले आधा जग्गा पाउने उल्लेख छ । भक्तपुरमा धेरैले अर्काको जग्गा कमाउँथे ।
उनीहरुलाई जग्गा दिनुपर्ने नारा लगाएर बारम्बार नेमकिपाले चुनावमा जित हासिल गरिरहेका छन् । नेमकिपा आएपछि एउटै प्रगति भएको छ–त्यो हो सरकारी सम्पत्ति व्यक्तिद्धारा कब्जा । भक्तपुरमा भएको तालपोखरी, सरकारी, सार्वजनिक, ऐलानी, गुठी, मठमन्दिरलगायतको जग्गा व्यक्तिको नाममा गएको छ ।
भक्तपुर देशकै सबैभन्दा सानो जिल्ला हो । सानो भएतापनि यहाँको जमिन खेतीयोग्य थियो । उब्जनीयुक्त जमिनलाई प्लानिङ्ग गरेर घरैघरै बनाइएको छ । अहिले भक्तपुरमा घरबाहेक अरु केही देखिँदैन । भक्तपुरमा विश्व सम्पदा सूचीमा परेका धेरै मठमन्दिरहरु छन् । तर, त्यो सबै २०४६ सालअघिको सरकारले बनाएको हो ।
नगरकोट भक्तपुरको पर्यटकीय स्थल पर्छ । त्यहाँ ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि जान्छन् । रोचक प्रसंग के भने, नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने तत्कालीन परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायका हुन् । उनको कारणले भक्तपुर पर्यटकीय क्षेत्रको रुपमा पनि चिनिन पाएको छ ।
भक्तपुर मुलुककै सबैभन्दा बढी शिक्षित जनताको बसोबास रहेको जिल्लामा पर्छ । विडम्बना, तिनैले पटकपटक कामै नगर्ने पार्टीलाई भोट दिइरहेका छन् । जुन जिल्लाबाट प्रधानमन्त्री बन्छन्, त्यो जिल्लाको नाम सँधै रहिरहन्छ । तर, भक्तपुरले त्यो मौका गुमाएको छ ।
एउटै व्यक्तिलाई भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित गरिन्छ । तर, नेमकिपाले के काम गरेको छ ? केही न केही । चुनाव गराउँदा जनताले तिरेको अर्बौं रुपैयाँ कर खर्च हुन्छ । सरकारले काम नगर्ने नेता फालुन्, काम गर्नेलाई आफ्नो प्रतिनिधि छानुन् भनेर चुनाव गराउँछ ।
तर, भक्तपुरबासीले एउटैलाई भोट दिएर पठाउँछन् । जोसँग काम गर्ने क्षमता छैन, उसलाई पटकपटक मतदान गर्नुको औचित्य के ? जनताले आफ्नो मत आफैंले खेर फालिरहेका छन् । अर्कोतर्फ, चुनाव गराउँदा लागेको खर्च पनि पानीमा बगाइरहेका छन् । नेमकिपाले पटकपटक चुनाव जित्नुको कारण केही छन् ।
पहिलो हो–घरबहाल घरमा छुट । भक्तपुर नगरपालिकामा नेमकिपाबाटै सुनिल प्रजापति निर्वाचित भएका छन् । उनले घरबहाल कर लिँदैनन् । घरबहालको १० प्रतिशत घरधनीले राज्यलाई बुझाउनुपर्ने व्यवस्था छ । तर, भोटका लागि भक्तपुर नगरपालिकाले कर लिँदैन । क्षेत्र नम्बर १ को कुनैपनि पसल दर्ता छैन ।
दर्ताबेगर नै पसल सञ्चालन गर्न दिइरहेको अवस्था छ । आफ्नो कार्यकर्तालाई मात्र उनीहरुले जागिर दिन्छन् । सडकमा कुचो लगाउनेदेखि नगरपालिकामा कार्यरत करार, ज्यालादारीका कर्मचारी आफ्नै पार्टीको राखेका छन् । ठेक्कापट्टा पनि आफ्नै कार्यकर्तालाई दिन्छन् ।
जो आफ्नो कार्यकर्ता छैन वा आफ्नो पार्टीलाई मतदान गर्दैनन, तिनलाई त नेमकिपाले जन्मदर्ताको सिफारिस पनि दिँदैन । जुन कुरा सार्वजनिक पनि भएको थियो । १ नम्बर क्षेत्रमा प्रायः बाहिरी जिल्लाका मान्छेले घर बनाएका छन् । उनीहरु विगतमा काँग्रेस, एमाले, माओवादीलगायत पार्टीका कार्यकर्ता थिए ।
यहाँ जग्गा किनेर घर बनाएपछि उनीहरु नेमकिपा नै बनेका छन् । यहाँको भोटलिष्टमा नाम लेखाएपछि अनिवार्य नेमकिपा नै बन्नुपर्छ । नत्र राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट समेत वञ्चित गरिन्छ । वडा नम्बर १, सल्लाघारी आर्मी व्यारेकको दायाँ बायाँ, चंगागणेश मूनि, दुवाकोटको टेम्पो पार्क जाने टर्निङ, हनुमन्तेखोला वरपर, सिर्जनानगरलगायतका जग्गा २०२१ र २८ सालमा नापी हुँदा सरकारी, ऐलानी, गुठी भनि कायम गरिएको छ ।
तर, नेमकिपाले आफ्ना कार्यकर्तालाई ती जग्गा कब्जा गर्न लगायो । जम्मै व्यक्तिको नाममा लगियो र बेचियो । ७६ जिल्लाका बासिन्दाले यहाँ जग्गा किनेर घर बनाएका छन् । हाल सो जग्गा सरकारी सम्पत्ति रहेको खुलेपछि घरधनीहरुको रातमा निद्रा न दिनमा भोक भएको छ ।
जिन्दगीभर कमाएको, गाउँघरको घरजग्गा बेचेर ल्याएको पैसा फस्यो भनेर उनीहरु चिन्तित बनेका छन् । सल्लाघारीको चौरअगाडि तीनवटा ढुंगेधारा पुरेर विकुलाल खिँउजुले घर बनाएका छन् । सल्लाघारी चौरकै जग्गा पनि सबै व्यक्तिको नाममा गइसकेको छ । नेमकिपाको पोल खुल्दै गएको छ । जसका कारण उनीहरुलाई आगामी निर्वाचनमा जित्न निकै मुश्किल छ । भनिन्छ नि,‘सत्य लुक्दैन, झुठ डग्दैन ।’ यही नियति नेमकिपाले भोग्दै छ ।
सबैभन्दा ठूला जनता हुन् । जब जनताले नेताको भित्री कुरा बुझ्छन्, तब नेताको राजनीतिक सकिन्छ । आफ्ना भविष्य कस्तो रोज्ने ? यो जनताको हातमा छ । सही प्रतिनिधि छाने भने विकास पनि हुन्छ, जिल्लाको नाम पनि रहन्छ । सही प्रतिनिधि छान्न सकिएन भने न विकास हुन्छ न जनताको नियति फेरिन्छ ।
सरकारले चुनाव गराउँदैछ, कस्तो व्यक्तिलाई आफ्नो प्रतिनिधि छान्ने ? जनताको कुरा हो ।






