What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
 
							एन आई सी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
रुपन्देही । एन आई सी एशिया बैंकका ग्राहकले अब देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतापछि बैंकका ग्राहकले देवदहस्थित उक्त अस्पतालमा सेवा लिँदा डिजिटल भुक्तानीमार्फत छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौताअनुसार, ओपीडी टिकटमा ५० प्रतिशत, सामान्य बेड चार्जमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, सर्जिकल उपचारमा १५ प्रतिशत, प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, र रेडियोलोजिकल सेवामा (CT र MRI बाहेक) १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। अन्य सेवामा पनि १० प्रतिशतसम्म छुट लागू हुनेछ।
ग्राहकले यो सुविधा प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, अथवा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकका अनुसार, देवदह मेडिकल कलेजसँगको यो सहकार्यले ग्राहकलाई उपचारमा राहत मिलाउने मात्र नभई देशमा डिजिटल भुक्तानी संस्कृतिलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।






