What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
 
							सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो
काठमाडौँ । सुनको मूल्य प्रतितोला रू. दुई हजार सात सय बढेको छ ।
बिहीबार प्रतितोला रू. दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू. दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रू. ८० ले बढेर रू. तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस






