What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
 
							नेपाल प्रहरीमा ‘नमस्ते टोली’ भनेर उपेक्षितनै क्षमतावान् आर्यन पोखरेल, सशांक रेग्मी
What To Know
- काठमाडाैं । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थान्तरण भएका टोलीको क्षमताबारे प्रश्न उठाइन्छ । राष्ट्रिय अनुसन्धानको नियुक्ति भनेकै राजनीतिक हुन्छ र त्यसरी झ्यालबाट छिराइएकाहरुलाई जनपदमा लैजानु हुँदैन भन्ने धारणा व्याप्त छ । तर, वास्तविकता अर्कै छ । तत्कालीन गृहमन्त्री खुम बहादुर खड्का र क्याडरबेस गृह सचिव श्रीकान्त रेग्मीको पालामा इन्टलिजेन्स अधिकृतहरुको पदपूर्ति गर्न राष्ट्रिय अनुसन्धानका अधिकारीहरुलाई प्रहरीमा स्थान्तरण गर्न थालिएको हो ।.
- हाल भाद्र २३ र २४ मा घटेको जेन–जी आन्दोलनमा तत्कालीन विभाग प्रमुख रहेका एआईजी सिद्धिविक्रम शाहकै कारण प्रहरी प्रधान कार्यालय आगजनी हुनबाट जोगियो । प्रहरी प्रधान कार्यालय जलाउन पुगेका प्रदर्शनकारीलाई सम्झाई बुझाइ गरेर फर्काएकामा स्वयं प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रशंसा गरेका छन् । अब हुने ३३औं प्रहरी महानिरीक्षकका निम्ति शाह पनि योग्य र अब्बल दावेदार हुन् ।.
काठमाडाैं । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थान्तरण भएका टोलीको क्षमताबारे प्रश्न उठाइन्छ । राष्ट्रिय अनुसन्धानको नियुक्ति भनेकै राजनीतिक हुन्छ र त्यसरी झ्यालबाट छिराइएकाहरुलाई जनपदमा लैजानु हुँदैन भन्ने धारणा व्याप्त छ । तर, वास्तविकता अर्कै छ । तत्कालीन गृहमन्त्री खुम बहादुर खड्का र क्याडरबेस गृह सचिव श्रीकान्त रेग्मीको पालामा इन्टलिजेन्स अधिकृतहरुको पदपूर्ति गर्न राष्ट्रिय अनुसन्धानका अधिकारीहरुलाई प्रहरीमा स्थान्तरण गर्न थालिएको हो ।
राज्यको निर्णयले नेपाल प्रहरीमा आएको टोली लाई २०५४ सालको टोलीले भने कहिले पनि सकारात्मक दृष्टिकोणले हेर्न चाहेन । तत्कालीन गृहमन्त्री रवि लामिछाने पदमा हुँदा २०५३ सालमा राष्ट्रिय अनुसन्धानमा भर्ना भएको टोली प्रहरी नायब महानिरीक्षकको बढुवामा कोपभाजनमा पर्न गयो । सधैं उपेक्षित यी ५३ सालका अधिकृतहरुको धरातलिय यथार्थ भने फरक देखिन्छ ।
हाल भाद्र २३ र २४ मा घटेको जेन–जी आन्दोलनमा तत्कालीन विभाग प्रमुख रहेका एआईजी सिद्धिविक्रम शाहकै कारण प्रहरी प्रधान कार्यालय आगजनी हुनबाट जोगियो । प्रहरी प्रधान कार्यालय जलाउन पुगेका प्रदर्शनकारीलाई सम्झाई बुझाइ गरेर फर्काएकामा स्वयं प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रशंसा गरेका छन् । अब हुने ३३औं प्रहरी महानिरीक्षकका निम्ति शाह पनि योग्य र अब्बल दावेदार हुन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी नभएको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशको नेतृत्वकर्ता डम्बर विश्वकर्मा, माधव श्रेष्ठ र उमा चतुर्वेदी समेत राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा स्थान्तरण भएका अधिकारी हुन् । त्यतिबेला आगजनी हुन नदिई समन्वयकारी भूमिका निर्वाह गर्दै उच्च कार्य कौशल प्रस्तुत गरेको यो घटना योग्य नेतृत्व चयनका लागि एउटा मानक बन्न सक्छ ।
विगतका घटनाक्रम पल्टाउँदा २०६० फाल्गुन १९ मा जब भोजपुरस्थित प्रहरी कार्यालयमा तत्कालीन माओवादीको जनमुक्ति सेनाद्वारा आक्रमण हुँदा प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक जिम्मेवारीबाट पन्छिँदा प्रहरी निरीक्षकको पदमा रहेका श्याम कृष्ण अधिकारी (हाल प्रहरी वरिष्ठ उपरीक्षक)ले एक्लै परिस्थिति नियन्त्रण गरेको उदाहरण छ ।
हालको आन्दोलनमा पनि ललितपुर प्रहरी परिसर सफलतापूर्वक रक्षा गरेर प्रहरीको मनोवल श्रीवृद्धि गर्न अधिकारीले कुशल भूमिका निर्वाह गरेको तथ्य लुकाउनै मिल्दैन । अधिकारी पनि राष्ट्रिय अनुसन्धानबाट स्थान्तरण भएकै प्रहरी अधिकृत हुन् ।
ज्यान हत्केलामा राखेर संगठनको हित सोच्ने क्षमतावान् पदाधिकारीलाई फरक चस्माले हेरिनु हुँदैन । आम नागरिकले समेत यस्ता तथ्यहरुलाई मनन गर्दै प्रहरी संगठनको मनोबल बढाउने कार्य गर्नु पर्दछ । कुसल नेतृत्वकर्तालाई सफल बनाउन हामी आम नागरिकको साथ सहयोग अपरिहार्य छ ।






