काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एन आई सी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अब नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुटको सुविधा पाउने भएका छन्।
बैंक र अमरापुरी रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले यो सुविधाको उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई छुट सुविधा प्रदान हुनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






