काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एन आई सी एशिया बैंकका ग्राहकलाई Mercure Hotel मा विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई काठमाडौंको सुकेधारामा रहेको Mercure Hotel मा विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।
बैंकका ग्राहकहरूले Mercure Hotel मा आवास (बस्ने) सेवा लिँदा १५ प्रतिशतसम्म र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट पाउने गरी होटल र बैंकबीच सम्झौता भएको छ।
यो छुट सुविधा उपयोग गर्नका लागि ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा बैंकको MoBank एप मार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकका अनुसार यो सहकार्यले ग्राहकहरूलाई सुविधा दिनुका साथै मुलुकमा डिजिटल भुक्तानी लाई प्रोत्साहन गरी नगदरहित कारोबार (Cashless transaction) लाई बढावा दिन सहयोग पुग्ने विश्वास लिइएको छ।






