What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
बाढी पहिरोमा परेकाहरूको घर प्रदेश सरकारले बनाइदिने
What To Know
- बिराटनगर । हालैको बाढी र पहिरोले भत्किएका तथा बगाएका सबै घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर पुनःनिर्माण गर्ने निर्णय गरेको हो।.
- प्रदेश सरकारले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङ जिल्लाका घरहरू पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने जनाएको छ। बैठकले घरहरूको विवरण सङ्कलन र पुनर्निर्माण कार्य सँगसँगै अघि बढाउने निर्णय पनि गरेको छ।.
बिराटनगर । हालैको बाढी र पहिरोले भत्किएका तथा बगाएका सबै घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गर्ने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर पुनःनिर्माण गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङ जिल्लाका घरहरू पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने जनाएको छ। बैठकले घरहरूको विवरण सङ्कलन र पुनर्निर्माण कार्य सँगसँगै अघि बढाउने निर्णय पनि गरेको छ।
यस्तै, इलामका सातवटा पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ। राहत र पुनर्स्थापनाको काम सहज बनाउन प्रदेश सरकारले विभिन्न मन्त्रीहरूलाई जिम्मेवारी तोकेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई इलाम जिल्लाको पुनर्निर्माण र राहत कार्यको समन्वय गर्ने जिम्मा दिइएको छ।
त्यस्तै, सुनसरी जिल्लाका लागि वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्री भण्डारीले संयुक्त रूपमा समन्वय गर्नेछन्।
झापा जिल्लाको पुनर्निर्माण तथा समन्वय कार्य खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले नेतृत्व गर्ने भएका छन्।
बैठकले चालु बजेटका विभिन्न योजनाहरू परिमार्जन गरी आवश्यक खर्च पुनर्निर्माणमा प्रयोग गर्न सिफारिस गरेको छ। साथै, भौतिक पूर्वाधार मन्त्रालयलाई सबै अवरुद्ध सडक तत्काल खोल्न निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए।
मुख्यमन्त्री कार्कीले बैठकमा पुनर्निर्माण र राहत कार्यमा कुनै कमी नराखी काम अघि बढाउन निर्देशन दिएका छन्।
प्रदेश सरकारले नागरिक, उद्योगी व्यवसायी, राजनीतिक दल, अधिकारकर्मी, बैंक तथा वित्तीय संस्था र सरकारी कर्मचारीहरूलाई बिपद् पीडितलाई सहयोग गर्न आह्वान गरेको विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिएका छन्।






