काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एनआईसी एशिया बैंकका ग्राहकका लागि किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट
वीरगंज । एनआईसी एशिया बैंकका ग्राहकहरू अब वीरगंजस्थित किरण आँखा अस्पतालमा आँखा उपचार गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंक र अस्पतालबीच भएको सम्झौतापछि बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुटको सुविधा लिन सक्नेछन्। ग्राहकहरूले अस्पतालमा उपलब्ध OPD, Diagnostic, Surgery, Branded Optical र Non-Branded Optical सेवामा यो छुट पाउनेछन्।
छुट पाउनका लागि ग्राहकहरूले बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, साथै मोबैंक (MoBank) एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार यो सहकार्यले ग्राहकहरूलाई आँखा उपचारमा राहत दिने र देशमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।
बैंकले यस किसिमका सहकार्यबाट नगदरहित कारोबार संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास लिएको छ।






