पर्यटन मन्त्री अधिकारीलाई कालोझण्डा प्रर्दशन गर्ने ६ जना पक्राउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा प्रदर्शन गर्ने प्रक्राउ परेका छन । मन्त्री अधिकारीलाई गहृ जिल्ला पोखरामा कालो झण्डा देखाउने ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट रहेको कस्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिनु भयो । उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको छ । मन्त्री अधिकारी पछिल्लो समय वाइडबडी जहाज खरिद सम्बन्धी विवादमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *