इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख पाण्डेलाई सम्मान सहित विधाई

पाल्पा । पाँच महिना अगाडि इलाका प्रहरी कार्यालय रामपुरको प्रमुखको रुपमा आउनु भएका प्रहरी निरीक्षक भोजराज पाण्डेलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सम्मान सहित विधाई गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले महानगरीय प्रहरी कार्यालय काठमाडौंमा सरुवा हुनुभएका प्रहरी निरीक्षक पाण्डेलाई नगद तथा मायाको चिनो पाल्पाली करुवा प्रदान गरि विधाई सम्मान गर्नुभएको हो । सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पोखरेलले कानुन कार्यान्वयनका सवालमा कोहि कसैसँग सम्झौता नगरी ढृढतापुर्वक कर्तव्य पालन गर्न निरीक्षक पाण्डेले छोटो समयमै कुशल प्रशासकको परिचय दिन सफल भएको बताउनुभयो । उहाँले निरीक्षक पाण्डेले गरेको कामको सराहना गर्दै प्रहरी संगठनको शिर उच्च राख्न खेलेको भुमिका गर्व गर्न लायक रहेको बताउनुभयो । आफ्नो पेशा र संगठनलाई सर्वपरि ठान्ने पाण्डेले इलाका प्रहरी कार्यालय रामपुरका गतिविधिलाई तिव्र बनाउन सफल हुनुभएको थियो । ५ महिनाको अवधिमा समुदायसँग सरोकार राख्ने ३३ वटा कार्यक्रम गर्न पाण्डे सफल हुनुभएको छ । जुन ७ बर्षको अवधिमा भएको कार्यक्रम भन्दा धेरै रहेको प्रहरी निरिक्षक पाण्डेको दावि छ । राज्यले तोकेको कानुनी कारबाही र जरिवानाले मात्र शान्ति सुव्यवस्था नआउने भन्दै आफ्नै पहलमा जनप्रतिनिधि, युवा क्लब, आमा समुह, विद्यालयमा पुगेर जनमैत्री कार्यक्रम गर्न कुशल मानिनुहुन्छ प्रहरी निरिक्षक पाण्डे । उहाँले जवरजस्ती करणीका ८, विवाह सम्बन्धी कसुरका ८, लागु औषध दुव्र्यसनी विरुद्धका ८ कार्यक्रम, साइवर अपराध र घरेलु हिंसा सम्बन्धी १÷१ वटा, ट्राफिक नियम पालना सम्बन्धी २ र सरोकारवालाहरुसँगको परिचयात्मक तथा छलफल र अन्तरक्रिया कार्यक्रम ५ वटा गरि विविध कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नुभयो । कामबाट कहिल्यै पनि हार नमान्ने पाण्डेले समुदायमा मात्र होइन कार्यालयबाट दिने सेवा प्रवाह र गर्ने व्यवहारमा पनि उत्तिकै चनाखो र संवेदनशील हुनुन्थ्यो । थुनुवा कक्षमा शौचालय नहुँदा व्यारेक क्षेत्रमा थुनुवालाई लैजानुपर्ने अवस्थामा उहाँले थुनुवा कक्षलाई मध्यनजर गर्दै शौचालय निर्माण गर्नुभयो । इलाका प्रहरी कार्यालय रामपुरको सेवा चुस्तदुरुस्त राख्न प्रहरी कार्यालयको हाताभित्र ४ वटा सिसिटिभी क्यामेरा जडान गर्नुभयो । सवारी साधन चेकजाँचलाई कडाई गर्नु भएका पाण्डेले राज्यकोषमा ठुलो राजस्व जम्मा गर्न सफल हुनुभयो । चेकजाचको क्रममा विना लाइसेन्स सवारी चलाउने, नविकरण नगर्ने पाइएपछि चेकजाचलाई निरन्तरता दिनु भयो । ट्राफिक नियमको पालना नगरि सवारी हाक्ने परिपाटीको अन्त्य गर्न उहाँ सफल भएको स्थानियको भनाई छ । लाइसेन्स लिएर सवारी चलाउनुपर्छ, हेलमेट लगाउनुपर्छ र साथमा कागजपत्र बोक्नुपर्छ भन्ने थाहा हुदाँहुदै पनि लापरबाही गर्ने प्रचलन विरुद्ध पाण्डे खरो रुपमा प्रस्तुत हुनुभयो । पटक पटक दुईपाङग्रे सवारी साधन विक्री गरेपनि पास नगर्ने, बर्षोसम्म नविकरण नगरेका सवारी साधनलाई चल्न नदिएपछि नविकरण गर्नेको संख्या ह्वात्तै बढेको थियो । चोरीका ३ वटा मोटरसाइकल वरामद गरि भन्सार चलान गर्नुभयो । पर्वको नाममा विजयपुरको एक होटेलमा जुवा खेल्ने नेपाली काङ्ग्रेसका नगर सभापती सहित ७ जनाको समुहलाई निर्भिकता पुर्वक पक्राउ गरि मुद्दा चलाउनु भयो । उहाँको बसाइ अवधिमा होटेलबाट बरामद झण्डै ४ हजार लिटर अबैध मदिरा नष्ट गर्नुभयो । नेपालका झण्डै ९५ प्रतिशत झैझगडा मदिरा सेवनका कारण हुने तथ्यलाई अगिंकार गर्दै उहाँले मदिरा उत्पादन, सेवन र बेचबिखनमा नियन्त्रण गर्न लागि पर्नुभयो । रामपुरबासीले उहाँको कार्याकालमा सुदृढ शान्ति सुरक्षाको अनुभुती गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *