अध्यादेश जारी गरेको भोलिपल्टै मतदाता नामावली सङ्कलन सुरु

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको भोलिपल्टै आयोगले नामावली सङ्कलन पुनः सञ्चालन गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नामावलीमा नाम दर्ता गराउन १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिक जिल्ला निर्वाचन कार्यालय वा प्रदेश निर्वाचन कार्यालयमा पुग्नुपर्ने बताउनुभयो । आयोगले नामावली दर्ताका लागि २०८२ कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ ।

कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने हुँदा नामावली सङ्कलनका लागि सो समयसीमा तोकिएको प्रवक्ता भट्टराईले बताउनुभयो । सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ देखि बेलुकी ६ बजेसम्म नामावली दर्ता हुने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोक्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *